निर्वाचन आयोग-डेढ करोड समानुपातिक मतपत्र छपाइ
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ। मतपत्र छपाइ यही माघ २ देखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा भइरहेको हो। अब ५० लाख थान मतपत्र छाप्न बाँकी छ। समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ। प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम […]