भारतका सचिव मिश्री काठमाडौँमा, ओली भ्रमणको तयारी तीव्र
भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आइतबार बिहानै काठमाडौँ आइपुगेका छन्। उनको यो नेपाल यात्रा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई औपचारिकता दिने तयारीसँग जोडिएको छ। काठमाडौँस्थित भारतीय दूतावासका अनुसार सचिव मिश्रीले यहाँ रहँदा केही शीर्षस्थ नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। दूतावासले यो भ्रमणलाई भारतको ‘छिमेक पहिले’ नीति अनुसार भएको बताएको छ। नेपालमा नयाँ सरकार […]