माउण्टेन इनर्जी नेपाल लिमिटेडले आगामी साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको कार्तिक २० गतेको बैठकले २०८२ मंसिर २९ गतेका लागि साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव प्रस्तुत हुने छ। साथै, कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा छलफलका लागि राखिनेछ।
साधारणसभाले यी लाभांश प्रस्तावसहित वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, र आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति लगायतका अन्य प्रस्तावहरू पनि छलफल र पारित गर्नेछ।
