घिसिङको कठोर कदम : बक्यौता नतिर्ने ६ ठूला उद्योगको बिजुली काटियो
उर्जामन्त्री कुलमान घिसिङले लोडसेडिङकालमा प्रयोग भएका डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने अभियानलाई कडाइका साथ अगाडि बढाएका छन्। नेपाल विद्युत् प्राधिकरणले तोकेको समयसीमा सकिएपछि मंगलबार बिहानै देशका छ ठूला उद्योगको विद्युत् आपूर्ति काटिएको हो। लाइन काटिएका उद्योगहरूमा जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स रहेका […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            