नेपालमा अब १०० भन्दा माथिका भारु नोट पनि चल्ने, अधिकतम २५ हजारसम्म सटही गर्न पाइने
नेपालमा भारतीय मुद्रा (भारु) को प्रयोगलाई सहज बनाउँदै १०० भारतीय रूपैयाँ (भारु) भन्दा माथिका नोटहरू पनि चलनचल्तीमा आउने भएका छन्। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले राजपत्रमा नेपालमा ठूला दरका नोटहरूको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाएसँगै यो सम्भव भएको हो। आरबीआईको नयाँ व्यवस्था आरबीआईले जारी गरेको व्यवस्थामा भनिएको छ, ‘नेपाल र भुटानबाट भारत […]