डिजिटल कारोबारलाई प्रोत्साहन गर्न नेपाल बैंक–खल्ती संयुक्त अभियान
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबार प्रवर्द्धन गर्ने उद्देश्यसहित खल्ती वाई आईएमईसँग सहकार्य गरी विशेष अभियान सञ्चालनमा ल्याएको छ। “लिङ्क गर्नुहोस्, लोड गर्नुहोस् र निकाल्नुहोस्– खल्ती मार्फत पुरस्कार जित्नुहोस्” नामक यो अभियान माघ र फागुन महिनाभर लागू हुनेछ। बैंकका अनुसार अभियान नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरिएको हो। […]