शेरबहादुर तामाङ एमालेबाट सिन्धुपाल्चोक-२ मा उम्मेदवार, सुशासन र विकासको प्रतिबद्धता सार्वजनिक
काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङ आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन्। उम्मेदवारी घोषणा गर्दै तामाङले यो निर्णय व्यक्तिगत उपलब्धिभन्दा पनि जनताको विश्वास, आशा र साझा संकल्पको प्रतिबिम्ब भएको बताएका छन्। उनले जनताको आवाज संसदसम्म पुर्याउने, न्याय, सुशासन र विकासका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। […]