काम नगर्ने ठेकेदारमाथि कारबाही, बबई सिँचाइ आयोजनाले ठेक्का तोड्ने प्रक्रिया सुरु
वर्षौँदेखि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारहरूमाथि सरकारले अख्तियार थालेको छ। त्यसैअन्तर्गत बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि गरिएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै गुलरिया–५ स्थित अमन कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता रद्द गर्ने तयारी गरेको हो। उक्त कम्पनीले नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, […]