आफ्नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन ? : रविकिरण हमाल
काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि जेन्जी अभियन्ता रविकिरण हमालले नागरिकको पीडा र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएका छन् । हमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै त्रिपुरेश्वरमै केही समयअघि भएको गणेश नेपालीको घटनाको स्मरण गर्दै यस्ता चरम घटना दोहोरिनु राज्यका लागि गम्भीर चेतावनी भएको बताएका छन् […]