लगानी प्रतिबद्धतामा उत्साहजनक संकेत
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिनामा नेपालमा झण्डै ३८ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार मंसिर मसान्तसम्म ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो। यस अवधिमा २८६ वटा उद्योग तथा कम्पनीले नेपालमा लगानी […]