न्यूनतम तलब अब १९ हजार ५५०, मजदुरको स्वर समेटिएको ऐतिहासिक सहमति
सरकार, श्रमिक संगठन र रोजगारदाताबीच ऐतिहासिक सहमति हुँदै अबदेखि श्रमिकको न्यूनतम मासिक तलब १९ हजार ५५० रुपैयाँ हुने भएको छ। आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले उक्त निर्णयलाई औपचारिकता दिएको हो। यो निर्णय नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिनदेखि लागू हुनेछ। यसअघि न्यूनतम तलब १७ हजार ३०० रुपैयाँ मात्र थियो। […]