पशुपतिनाथ मन्दिर परिसरमा हुने साँझको आरती अवलोकनका लागि दर्शक बस्ने तथा उभिने स्थान परिवर्तन गरिएको छ।
भीड व्यवस्थापन, दर्शनार्थीको सहज आवतजावत र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आरती अवलोकन गर्ने स्थानमा परिवर्तन गरिएको हो ।