दशैं नजिकिँदा राजधानीबाट यात्रुको ठूलो पलायन
दशैंको जमरा राख्ने तयारी सुरु भएसँगै राजधानी काठमाडौं उपत्यकाबाट मानिसहरू लस्करै गाउँ फर्किन थालेका छन्। वर्ष दिनपछि घर फर्कने यात्रुको भीड राजधानीका सडकदेखि नयाँ बसपार्कसम्म देखिन थालेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४३ हजार यात्रु काठमाडौं छाडेर बाहिरिएका छन्, जबकि सोही अवधिमा करिब २८ हजार यात्रु काठमाडौं भित्रिएका छन्। आइतबार […]