सरस्वती डोजो द्वारा खेलाडी सम्मानित
नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले आज एक विशेष कार्यक्रमका बीच आफ्नो डोजोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ। श्रीलङ्कामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीहरूलाई डोजोले नगद १०–१० हजार सहित सम्मान गरेको हो। सरस्वती डोजोका खेलाडीहरू सुस्मिता वाईवा र टिकामाया जिम्मीले नेपालका लागि स्वर्ण पदक जितेका थिए। […]