सुनमा सामान्य गिरावट, चाँदीमा वृद्धि
शुक्रबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रूपैयाँले घटेर १ लाख ९९ हजार २०० रूपैयाँमा पुगेको छ। शुक्रबार मात्र सुनको मूल्य तोलामा ९०० रूपैयाँले बढेर १ लाख ९९ हजार ४०० रूपैयाँ पुगेको थियो, जसले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो। […]