दुई महिनामै वीरगञ्जबाट २६ अर्बभन्दा बढीको पेट्रोलियम आयात
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। साउन र भदौ महिनामा मात्रै डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल नेपाल भित्रिएका हुन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत वर्षको समान अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयातमा १ अर्ब […]