पत्रकार पाठकलाई नपक्रन तथा प्रकाशित समाचार नहटाउन उच्च अदालतको आदेश
अदालतले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न र नेपालखबर तथा बिजमाण्डुमा प्रकाशित समाचार नहटाउन आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनले पाठकका विषयमा पहिलेकै अल्पकालीन अन्तरिम आदेशलाई अल्पकालीन दिएको छ । यस्तै, जिल्ला अदालत काठमाडौंले नेपालखबर प्रालि र बिजमाण्डु प्रालिविरुद्ध नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिट खारेज हुने फैसला गरेको हो । […]