महालक्ष्मी विकास बैंक भारतको एचडिएफसी बैंकबिच सीमापार भुक्तानी सम्झौता
महालक्ष्मी विकास बैंक र भारतको एचडिएफसी बैंकबिच सीमापार भुक्तानी तथा वित्तीय सेवा प्रवद्र्धन गर्नेबारे सम्झौता भएको छ । समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको हो । यो प्रणाली सञ्चालन गर्नेमा महालक्ष्मी पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य गरी परीक्षण कारोबारसमेत गरिसकेका छन् । […]