आजकाे माैसम : यी प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ। हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। तराई भूभागमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको एक र दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । […]