एसीसी यू–१६ इस्ट जोन कप-आज नेपाल र मलेसिया भिड्दै
एसीसी पुरुष यू–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा हुने खेल आज बिहीबार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली युवा टोली समूह ए को विजेता बन्दै पहिलो सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा अपराजित रहेको नेपाली युवा टोली सोही लयलाई निरन्तरता दिने योजनामा छ। […]