असनमा मनाईयो पञ्चराँ पर्व (फोटोर भिडियो)
काठमाडौंको असनमा आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरुले पञ्चराँ पर्व मनाएका छन् । नेपाल परम्परागत बौद्ध धर्म संघले पञ्चराँ पर्वविशेष कार्यक्रम आयोजना गरिएको हो। केही दशकयता भक्तपुरमा पनि यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् ।