आधुनिक उपचार पद्धतीको अवभावमा उपल्लो डोल्पाबासीलाई ‘आम्ची’को भर
स्वास्थ्य संस्था पुग्न घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्नुपर्ने, दुर्गम बस्तीमा औषधि तथा उपचार उपकरणको अभाव हुने र आधुनिक स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या उपल्लो डोल्पाका स्थानीयवासीका लागि अझै चुनौतीपूर्ण छ। यस्तो अवस्थामा पुस्तौँदेखि अभ्यास हुँदै आएको परम्परागत हिमाली चिकित्सा पद्धति ‘आम्ची’ यहाँका नागरिकका लागि उपचारको महत्वपूर्ण आधार बनेको छ । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका विभिन्न […]