एनपीएल हेर्न प्रधानमन्त्री बालेन टीयू मैदान

  • Clock icon
    २०८३ कार्तिक १०, सोमबार

प्रधानमन्त्री वालेन्द्र शाह-बालेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेल अवलोकनका लागि कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुगेका छन् ।

प्रधानमन्त्री उपस्थित भएपछि रंगशालाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । एनपीएलको तेस्रो संस्करणको सुरक्षार्थ एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आज सोमबार सुरु भएको एनपीएलमा विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ । एनपीएलको सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् ।

आठ फ्रेन्चाइज टोली सहभागी यो सिजनमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार हुने अनुमान गरिएको छ ।

अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका शाकिब अल हसनलगायत विश्वका चर्चित अनुहार सहभागी हुने भएकाले यो प्रतियोगितामा क्रिकेटप्रेमीको चासो छ ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै शिक्षामन्त्री सस्मित पोखरेललगायतको उपस्थिति रहेको थियो ।