सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा
रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई–रिक्सा र चालकलाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्यागरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार पक्राउ परेका […]