बाढी प्रभावित क्षेत्रमा बस्ती बसाउँदा तीनवटै तहका सरकारको स्वामित्व र सहमति आवश्यक
नेपालमा विस्तार भइरहेका सहर तथा बस्तीहरुमा सडक, ढल, खानेपानी, खुला क्षेत्रलगायत पूर्वाधारको विकास हुन सकेको छैन । अव्यवस्थित बस्ती विस्तारले प्राकृतिक जलनिकास अवरुद्ध हुनुका साथै बाढी, पहिरोलगायत विपद्को जोखिमसमेत बढाएको छ । विपद्पछि राहत र पुनर्निर्माणमा केन्द्रित हुने प्रवृत्तिले जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिन सकेको छैन । सहरीकरणलाई सुरक्षित र व्यवस्थित बनाउन योजना, भूमि […]