ओपनर तृतराज दासको अर्धशतक सहयोगमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्र्जविरुद्ध जितका लागि १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको हो।
जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र २ छक्का हान्दा मेहदी हसनको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। उनले ४९ बलमा ६ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।
एनपीएलमा तृतराजले हानेको यो छैटौँ अर्धशतक हो। यसअघि सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्दसिंह ऐरि र लोकेश बमले अर्धशतक हानेका थिए।
अर्का ओपनर मोइन अली २१ रन बनाउँदा सकिब अल हसनको बलमा क्याच आउट भए। उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
जिम्मी निसम ११ रनमा क्याच आउट भए। कप्तान हरमित सिंह र अनिल शाह समान ९ र सैफ हसनले १ रन थप्दै पेभेलियन फर्के। अविशेक तिवारी २४ रनमा अविजित रहे।
पोखराका लागि सकिबले ३ विकेट लिए। मौहम्मद सैफुदिन र चमिका करुणारत्नेले समान एक विकेट आफ्नो नाममा गरे। मेहदी हसनले आफ्नो स्पेलमा १ मेडन राख्दै २४ रन खर्चेर १ विकेट लिए।
पोखरा जवाफी ब्याटिङमा उत्रिएको छ ।
