तीज पर्व : मौलिकता हराउँदै, भड्किलोपन र उछ्रिङ्खलता बढ्दो
नेपाली हिन्दु महिलाहरुको प्रमुख पर्वका रुपमा मनाइने हरितालिका तीज पछिल्लो समय मौलिकता गुमाउँदै भड्किलो र महंगो बन्दै गइरहेको छ । तीजको सार श्रद्धा, व्रत, आत्मसंयम र पारिवारिक भावनामा केन्द्रित हुन्छ । यस पर्वले महिलाहरूलाई आध्यात्मिक शुद्धता, आत्मबल र सामाजिक एकताको सन्देश दिन्छ । तर बदलिँदो समय र परिवेशसँगै यसको स्वरूप विकृत हुन थालेको देखिन्छ । […]