जम्मु-कश्मीरमा बाढी पहिरोको क्षतिबाट ३० जनाको मृत्यु
जम्मुको कटरास्थित वैष्णोदेवी धाममा हिजो मंगलबार अर्धकुमारीनजिकै गएको पहिरोमा परी मृत्यु भएकाको संख्या ३० पुगेको छ। एसएसपी रियासी परमवीर सिंहले आज बुधबार उक्त जानकारी दिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। जम्मुमा बाढी पहिरोग्रस्त क्षेत्रमा उद्धार जारी छ। उद्धार जारी छ। यसैबीच खराब मौसमका कारण वैष्णोदेवी यात्रा स्थगन गरिएको छ। त्यहाँ मंगलबार जम्मुको तावी नदीमा […]