मापदण्डविपरीत सडकका बिल पास नगर्नु : ज्ञानेन्द्र शाही
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लामा कालोपत्रे सडकहरूको गुणस्तर नजाँचिकन बिल भुक्तानी नगर्न सम्बन्धित कार्यालय प्रमुखलाई आग्रह गरेका छन्। उनले ठेक्का मापदण्डअनुसार सडक पिच भएको नपाइएमा ठेकेदार, बिल पास गर्ने अधिकारी र संलग्न सबैमाथि कानुनी कारबाहीको चेतावनी दिएका छन्। साथै, उनले स्थानीय नागरिकलाई सडक निर्माणमा निगरानी गर्न अपिल गरेका छन्।