रविलाई डिल्लीबजार कारागार ल्याउन नदिन गृह मन्त्रालय लाग्यो : रास्वपा
रास्वपाका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा सार्ने तयारी गरिएको थियो। तर, कारागार व्यवस्थापन विभागले त्यसमा रोक लगाएको बताइएको छ। एक नेताका अनुसार, आफूले रोजेको कारागारमा बस्न पाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि सार्ने प्रक्रिया रोकिएको हो, रास्वपाले गृह मन्त्रालयकै निर्देशनमा यस्तो भएको हो भन्ने आशंका गरेको छ।