नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचारमा दोषी ठहर
काठमाडौंको नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार उनलाई दुवै मुद्दामा दोषी ठहर गरेको हो। मेयर बस्नेतले स्वार्थ गाँसिएका पद्मा कोलोनी प्रालि तथा पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ […]