न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट पूर्ण सुनुवाइमा पेस गर्ने आदेश
संवैधानिक इजलासले न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको हो। यसअघि संवैधानिक इजलासले नै अल्पकालीन आदेश जारी गरी उक्त संशोधित व्यवस्था कार्यान्वयनमा रोक लगाएको थियो। […]