राजावादीहरुको पक्षमा मनिषा कोइराला
अभिनेत्री मनिषा कोइरालाले नेपाललाई हिन्दु अधिराज्यको रुपमा पुनःस्थापना गराउनुपर्ने बताउनुभएको छ । राजावादीहरुको आजको प्रदर्शनअघि सामाजिक सञ्जालमा लेख्दै उनले कुनै पनि राजनीतिक दल राजतन्त्रभन्दा माथि नहुने दाबी गर्नुभएको हो । दलहरु प्रतिस्पर्धा, विभाजन र सरकार बनाउनमै केन्द्रित रहने तर राजतन्त्रले सनातन धर्म र इतिहासमा गहिरो जरा गाडेकाले हाम्रो मौलिक पहिचानलाई सम्झाउने कोइरालाले उल्लेख गर्नुभएको छ […]