रास्वपाको बैठक जारी-सांसदहरुले सामूहिक राजीनामा दिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले सामूहिक राजीनामा दिने भएका छन्। अहिले रास्वपा संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ। उक्त बैठकलगत्तै सामूहिक राजीनामा दिने बैठकमा सहभागी सांसद मनिष झाले जानकारी दिए। रास्वपा बैठक अहिले जारी छ। सभापति रवि लामिछानेले नक्खु कारागारबाटै निर्देशन जारी गर्दै राजीनामा दिएर जनताको कित्तामा आउन भनेका थिए।