सुनचाँदी महंगो हुँदै गर्दा मूल्यमा नयाँ उच्च रेकर्ड कायम
नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । […]