महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे फर्किए नियमीत काममा
प्रमुख प्रशासकीय अधिकृतले गरेको निलम्बनको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे जिम्मेवारीमा फर्किएका छन् । केही दिन अघिमात्र महानगरका प्रमुख प्रशासकीय अधिकृतले निलम्बनमा गरेका थिए । पाण्डे महानगरका मेयर बालेन शाहका विश्वासपात्र मानिन्छन् ।