रास्वपाले १५ लाख हस्ताक्षर गराउँदा उठायो ३७ लाख रुपैंया चन्दा
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी प्रकरणमा राज्यले राजनीतिक प्रतिशोध लियो भनेर हस्ताक्षर अभियान जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ लाख जनाको हस्ताक्षर संकलन गरेको दाबी छ।१५ लाख हस्ताक्षर गराउँदा रास्वपाले ३७ लाख रुपैंया चन्दा उठाएको छ । उक्त संख्यामा हस्ताक्षरसँगै क्यूआर कोडमार्फत हालसम्म ३७ लाख रुपैंया चन्दा उठाएको प्रवक्ता मनिष झाले बताएका छन्।