ओली नेतृत्वको सरकारमाथि परेको मुद्धा आज सुनुवाइ
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गर्न माग गर्दै दायर भएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएको ३० दिनसम्म पनि विश्वासको मत नलिएको भन्दै प्रधानमन्त्री ओली र उनी नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। उक्त रिटमाथि यही भदौ ८ […]