अख्तियारमा गोली हान्ने मान्छे कि कुलिङ ?
संघीय निजामती सेवासम्बन्धी विधेयकका प्रस्तावित केही प्रावधानउपर सत्ता साझेदार दलबीच नै एकमत नभएपछि जेठ १ गते बिहीबार बेलुका बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताको भेला डाकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र समिति सभापति रामहरि खतिवडासहित कांग्रेसबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजू राणा र गृहमन्त्री रमेश लेखक सहभागी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद […]