नेपाल एसबिआई मर्चेण्ड बैंकिङको (सिइओ) मा सन्तोषकुमार भण्डारी नियुक्त
नेपाल एसबिआई मार्चेण्ड बैंकिङको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । १३ असारमा बसेको सञ्चालक समितिको ७१औँ बैठकले शुक्रबारदेखि नै लागू हुने गरी भण्डारीलाई नियुक्त गरेको हो । यसअघि भण्डारी नेपाल एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारीमा थिए । […]