सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा : कसरी दिने आवेदन ?
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कुल ३१ हजार २२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर हाल बैंककै कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित आफूले के कति खरिद गर्न चाहेको हो सोको विवरण खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । […]