लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट गिरफ्तार
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले उनलाई आज शनिबार ललितपुरबाट गिरफ्तार गरेको हो। प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो। इनम सापकोटासँगको कारोबारमा जोडिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा […]