दशैंमा पनि खुलेन नागढुंगा सुरुङ मार्ग
दशैंमा यात्रुलाई राहत दिने अपेक्षा गरिएको बहुप्रतीक्षित नागढुंगा सुरुङ मार्ग तत्काल सञ्चालनमा नआउने भएको छ। भदौ २३ र २४ भएको जेनजी आन्दोलनका कारण कागजी प्रक्रिया लम्बिएकाले सुरुङ मार्ग सञ्चालनमा नआउने भएको हो। नेपालकै पहिलो आधुनिक सुरुङमार्गबाट दसैंअगावै सडक यातायात सहज बनाउने भन्दै निःशुल्क सञ्चालन गर्ने भौतिक पूर्वाधारमन्त्री घिसिङको निर्देशन कार्यान्वयन नहुने भएको छ। जेन-जी आन्दोलका […]