हेमबहादुर मल्ल सम्मान यस वर्ष पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिने
नेपाल जन-प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा प्रदान हुँदै आएको हेमबहादुर मल्ल सम्मान यस वर्ष पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठलाई प्रदान गरिने भएको छ। संघ र कर्पोरेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिने जानकारी गराइएको हो। कार्यक्रममा नेपाल जन-प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले सार्वजनिक […]