सेनाका दुई हेलिकोप्टर बेपत्ता हुँदा एक अर्ब रुपैयाँ सखाफ
नेपाली सेनाका दुई वटा हेलिकोप्टर एनए–०५३ र एनए–०५६ दुई वर्षदेखि बेपत्ता छन् । ती हेलिकोप्टर कुन अवस्थामा राखिएको छ भन्नेबारे सेनाले आधिकारिक रुपमा जनाएको छैन । मर्मत सम्भारका लागि भारतको मुम्बई पुर्याइएका ती हेलिकोप्टरको मर्मतवापत एक अर्ब रुपैयाँ भुक्तानी गरिसकिएको छ । सूत्रका अनुसार सेनाले उक्त रकम मागाजोन डक सिपबिल्डर्स लिमिटेडलाई प्रदान गरेको हो । […]