नेपालमा व्यक्तिगत प्रयोजनका लागि जहाज किन्न पाइने
झन्डै दुई दशकअघिको नीतिलाई प्रतिस्थापन गर्ने गरी सरकारले तयार पारेको नयाँ हवाई नीतिमा नेपाली नागरिकले पनि निजी प्रयोजनका लागि जहाज किन्न पाउने लगायतका कैयौँ नयाँ व्यवस्थाहरू गरिएको अधिकारीहरूले बताएका छन्। यद्यपि उक्त मस्यौदा प्रारम्भिक भएको र त्यसबारे सुझाव सङ्कलन जारी रहेकाले हालकै रूपमा कार्यान्वयनमा आउँछ भन्ने निश्चित चाहिँ नरहेको जानकारहरू बताउँछन्। संस्कृति, पर्यटन तथा नागरिक […]