रविको मुद्दा:महान्यायाधिवक्ताको निर्णय झिकाउनू-सर्वोच्च
चार दिनदेखि सुनुवाइ भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दुई वटा कसुर फिर्ताविरुद्धको रिट अझै अनिर्णित भएको छ। सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले चार दिनको सुनुवाइपछि आज बिहीबार महान्यायाधिवक्ताले अभियोगपत्र संशोधन सम्बन्धी गरेको पछिल्लो निर्णय लगायत सम्बन्धित फायल झिकाउन आदेश दिएको हो। सुरुमा लामिछानेको मात्रै अभियोगपत्र संशोधन गरेर संगठित […]