अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदैछ
आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । हरेक वर्ष अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यसवर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ मनाइदैँछ । […]