पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिनुभएको छ । उहाले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्नुभएको हो । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, मदन भण्डारी फाउण्डेशनले जनाएको छ ।