एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा
भक्तपुरको सल्लाघारीमा सुरु भएको नेकपा एमालेको एघारौँ महाधिवेशनमा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान देउडा गीत नृत्यले विशेष रौनक थपेको छ । देशभरबाट सहभागी नेता तथा कार्यकर्ता देउडाको तालमा झुम्मिँदा महाधिवेशन स्थल उत्सवमय बनेको छ । महाधिवेशनको व्यस्त राजनीतिक कार्यक्रमबीच सुदूरपश्चिमबाट आएका प्रतिनिधिहरूले देउडा प्रस्तुत गरेपछि अन्य प्रदेशका नेताकार्यकर्ताहरू पनि सहभागी हुँदै सांस्कृतिक मेलमिलापको दृश्य देखिएको हो […]